२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

शुक्रबार २६, भदौ २०७७ ०९:४१

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
फाइल तस्बिर ।

चितवन । नारायणगढ-मुग्लिन सडकमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयले शुक्रबार बिहान सवा आठ बजे इच्छाकामना गाउँपालिका–६ मा पहिरो खसेको जनाएको छ ।

प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाका अनुसार दुईतर्फी रुपमा नै अवरुद्ध भएको सडक खुलाउने प्रयास सुरु भएको छ ।

लगातार काम भए दुई घण्टापछि सडक खुल्ने उनले बताए । 


प्रतिकृया दिनुहोस