२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

बिहिबार काठमाडौं उपत्यकामा थपिए ५ सय ७२ संक्रमित

- विशेष खबर बिहिबार २५, भदौ २०७७ ०४:४८

बिहिबार काठमाडौं उपत्यकामा थपिए ५ सय ७२ संक्रमित
फाइल तस्बिर ।

काठमाडाैं । बिहिबार काठमाडौं उपत्यकामा थप ५ सय ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौंका ४ सय ९५ जना, ललितपुरका ४३ जना र भक्तपुरका ३४ जना गरी पछिल्लो २४ घण्टामा थप ५ सय ७२ जना संक्रमित थपिएका हुन् ।

अहिलेसम्म काठमाडौंमा ७ हजार ६ सय ११ जना, ललितपुरमा एक हजार ११ र भक्तपुरमा आठ सय १८ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय ४६ जना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ।


#काठमाडौं उपत्यका

प्रतिकृया दिनुहोस