२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

मोबाइल एपमार्फत देउडा प्रतियोगिता हुँदै

- विशेष खबर बिहिबार २५, भदौ २०७७ ११:०८

मोबाइल एपमार्फत  देउडा प्रतियोगिता हुँदै

काठमाडाैं । देउडिया मोबाईल एप्लिकेसन मार्फत अनलाईन देउडा प्रतियोगिता हुने भएको छ ।

देउडा प्रतियोगिता देउडिया मोबाईल एप्लिकेसनको आयोजना हुनलागेको हो । प्रतियोगिता यहि भदौ २५ बाट सुरुभई असोज १५ गते सम्पन्न हुनेछ । 

प्रतियोगितामा उत्कृष्ट ३ जनालाई पुरष्कृत गरिने छ । उत्कृष्ट ३ मध्ये पहिलाे हुनेले ५ हजार, दाेस्राेलाइ ३ हजार र तेस्राेलाइ २ हजार पुरस्कार स्वरूप दिइने आयोजक अनुभबी ट्रक्नाेलाेजीले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन केही नियमहरुको पालना गनुपर्ने छ । जसका लागि सहभागीले देउडिया एप गुगल प्ले स्टोरबाट डाउनलोड गरी एपमा देउडा गीत पोस्ट गर्नुपर्ने छ ।

त्यस्तै गीत कम्तीमा ८ हरफको हुनु पर्ने छ । उक्त देउडा गीतलाई फेसबुकलगायतका सामाजिक संजालमा सेयर गर्नु पर्ने प्रावधान तय गरिएको छ ।

देउडिया एपमा पोस्ट गरिएका देउडा गीतको लाइक, फेसबुक लाइक, शेयर तथा कमेन्ट लाई जोडेर प्राप्तांक निकालिने र असोज १७ गते बिजेता घोषणा गरिनुका साथै उक्त पुरस्कार राशि बिजेताको बैंक खातामा जम्मा गरिने आयोजकले जनाएको छ ।

देउडिया एप गूगल प्लेस्टोरमा गएर अथवा तलको लिंकमा क्लिक गरेर डाउनलोड गर्न सकिनेछ ।

https://play.google.com/store/apps/details?id=com.anubhabi.deuda


प्रतिकृया दिनुहोस