२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

भारतमा एकैदिन थपिए ९७ हजारभन्दा बढी काेराेना संक्रमित

बिहिबार २५, भदौ २०७७ ०९:१७

भारतमा एकैदिन थपिए ९७ हजारभन्दा बढी काेराेना संक्रमित

नयाँ दिल्ली । भारतमा एकैदिन ९७ हजार बढी नयाँ संक्रमित थपिएपछि संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको छ।

टाइम्स अफ इण्डियाले बुधबार भारतमा एकैदिन ९७ हजार ३ सय ९९ जना नयाँ संक्रमित फेला परेको जनाएको छ।

यो संख्या महामारी सुरू भएयता एकैदिन भेटिएको उच्च संख्या हो।

भारतमा कुल संक्रमित संख्या ४४ लाख नाघेको छ भने पछिल्लो २४ घण्टामा ११ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसंगै भारतमा कोरोनाका कारण हुने मृत्यु ७५ हजार ६२ पुगेको छ।

संक्रमणबाट सबैभन्दा धेरै नागरिक गुमाउने मुलुकमा भारत विश्वमा तेश्रो नम्बरमा पर्छ। पहिलो नम्बरमा अमेरिका छ भने दोश्रोमा ब्राजिल छ।

यस्तै कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार बिहीबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ लाख २ सय ३९ पुगेको छ ।

यस्तै विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या करिब दुई करोड ७७ लाख पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये एक करोड ८६ लाखभन्दा बढी निको भएका छन् ।


#भारतमा काेराेना संक्रमित

प्रतिकृया दिनुहोस