२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

माेबाइल चार्ज राख्ने क्रममा चट्याङ लागेर मृत्यु

बिहिबार २५, भदौ २०७७ ०७:५२

माेबाइल चार्ज राख्ने क्रममा चट्याङ लागेर मृत्यु

बलेवा । चट्याङले लागेर बागलुङको ताराखोलामा बुधबार राति एक युवाको मृत्यु भएको छ ।

वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले बताए ।

चट्याङले उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भैरहेको छ । युवाको शवलाई पोष्टमार्टमपछि आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस