२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

देवरको कुटपिटबाट भाउजुको मृत्यु

बुधबार २४, भदौ २०७७ ०८:२४

देवरको कुटपिटबाट भाउजुको मृत्यु

भाेजपुर । भोजपुरमा देवरकाे कुटपिटबाट भाउजुको मृत्यु भएकाे छ । टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट हत्या गरेको अभियोगमा देवर राजकुमार राईलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । 

गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटपछि ढिलबाट हुत्याएर आफू घर आएको र बिहान हेर्दा घर छेउको सुँगुरको खोरमा केशरमाया मृत अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए ।

राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस