२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

उपत्यकामा निषेधाज्ञा खुकुलाे, यातायातमा जोरबिजोर र व्यापार-व्यवसाय खाेल्ने निर्णय

- विशेष खबर बुधबार २४, भदौ २०७७ ०६:०४

उपत्यकामा निषेधाज्ञा खुकुलाे, यातायातमा जोरबिजोर र व्यापार-व्यवसाय खाेल्ने निर्णय
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ३ गते देखि जारी गरिएको निषेधाज्ञा खुकुलाे हुने भएकाे छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालका अनुसार सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार/व्यवसायलाई शर्तसहित खोल्न दिने निर्णय भएकाे छ । 

बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो। 

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी गरिररहेका छन् । व्यापार व्यवसाय खोल्न दिने शर्तहरु बारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइने दाहालले बताए ।

तर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ । शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् ।

उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातसम्म छ ।

 


#निषेधाज्ञा

प्रतिकृया दिनुहोस