२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

पछिल्लाे २४ घन्टामा थप १ हजार ८१ जनामा काेराेना पुष्टि, ९ सय १८ डिस्चार्ज

- विशेष खबर बुधबार २४, भदौ २०७७ ०४:३०

पछिल्लाे २४ घन्टामा थप १ हजार ८१ जनामा काेराेना पुष्टि, ९ सय १८ डिस्चार्ज

काठमाडाैं । पछिल्लाे २४ घन्टामा मुलुकभर थप १ हजार ८१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६८ जनाको पिसिआर परीक्षण गर्दा उक्त संख्याका संक्रमित थपिएको जानकारी दिए।

याेसंगै हालसम्म संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ९ सय १८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्।

यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ।

हालसम्म ७ लाख ९९ हजार ३४१ परीक्षण भएका प्रवक्ता गौतमले बताए ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस