२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

मच्छिन्द्रनाथलाई सोमबार बुङ्मती लगिने

बुधबार २४, भदौ २०७७ ०२:३३

मच्छिन्द्रनाथलाई सोमबार बुङ्मती लगिने
फाइल तस्बिर ।

काठमाडाैं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आगामी सोमबार बुङ्मती लगिने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण र पूर्णमंगल जोशीले यही भदौ २२ गते निकालेकाे साइतअनुसार यही भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लगिने भएको हो । 

सोमबार १०ः०५ देखि १०ः२० बजेसम्म लोकेश्वरलाई रथबाट भिक्ने शुभसाइत रहेको दैवज्ञ कीर्तिकिरणले बताए। उनले भने, 'यदि यस समयमा करणामयलाई रथबाट झिक्न सकिएन भने सांकेतिकरूपमा हल्लाउने मात्रै भए पनि काम हुनेछ, हाल मच्छिन्द्रनाथलाई उतरपट्टि अर्थात् कुपण्डोलतर्फ फर्काएर राखिएकाले बुङ्मती लग्ने दिन १५ देखि २० पाइला पुनः उत्तरतर्फ लगेर अनि मात्र पुल्चोक हुँदै जावलाखेलको बाटो बुङ्मती लानु राम्रो हुनेछ ।' सो दिन लोकेश्वरको सामान्य पूजाआजा गरेर त्यसपछि बुङ्मती लगिने जानकारी दिए।

सोमबार भगवान्लाई रथबाट झिक्नुभन्दा पहिले चार दिनअघिदेखि चोखोनितो गरेर बसेका आठ पानेजुले किस्ली अर्थात् माटोको पालामा राखेको अक्षता, केही पैसाका डबल र सुपारी करुणामयलाई चढाएर त्यसपछि पालैपालो ढोगेर ‘हामीले यहाँबाट  हजुरलाई आज बुङ्मती प्रस्थान गराउन लाग्यौँ’ भन्नुपर्ने चलन रहेको ३२ पानेजु सघंका अध्यक्ष यज्ञरत्न शाक्यले बताए ।

 

 


#रातो मच्छिन्द्रनाथ

प्रतिकृया दिनुहोस