२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

निर्देशक छेतेन गुरुङको निधन

बुधबार २४, भदौ २०७७ १२:५१

निर्देशक छेतेन गुरुङको निधन

काठमाडौं । निर्देशक छेतेन गुरुङको ४२ वर्षको उमेरमा बुधबार निधन भएको छ । कलेजोमा समस्या देखिएपछि उनलाई २ दिनअगाडि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार बिहान २ बजे निर्देशक गुरुङको निधन भएको निर्माता सन्तोष सेनले जानकारी दिए ।

'१ महिना अगाडि कलेजोमा समस्या थियो । त्यतिबेला सामान्य नै थियो । तर एक्कासि धुलिखेलबाट आएको १ दिनपछाडि यस्तो समस्या आयो । शरीरभित्र सबै रगत लिक्ड भएछ,' सेनले भने ।

छेतेनले निर्देशन गरेको 'प्रेमगीत ३'को पोस्ट प्रोडक्सनको काम कोरोनाले गर्दा पछाडि धकेलिएको थियो । फिल्ममा उनकै कथा छ ।

छेतेनले यसअघि 'नोभेम्बर रेन', 'क्लासिक', 'डायरी'को स्क्रिप्ट लेखेका थिए । फिल्म 'ए मेरो हजुर-३' मा पनि उनले पटकथा लेखेका थिए ।

उनले निर्देशकीय डेब्यू भने 'डमरुको डन्डिबियो' बाट गरेका थिए । 


प्रतिकृया दिनुहोस