२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

कोरोना निको भएकाे एक सातापछि अचानक मृत्यु

बुधबार २४, भदौ २०७७ १२:१८

कोरोना निको भएकाे एक सातापछि अचानक मृत्यु

काठमाडौं । कोरोना संक्रमण निको भएर घर फर्किएपछि ७१ वर्षीय एक वृद्धको मृत्यु भएको छ । तार्केश्वर नगरपालिकाका उनी काेराेनामुक्त भएर घर फर्केको एक सातापछि मृत्यु भएको हो । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गरिएको थियो ।

भदौ १२ गते गरिएको पीसीआर परीक्षण रिपोर्ट निगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो । साउन ३२ गते ज्वरो आएपछि ग्रिन सिटी अस्पताल भर्ना भएका उनमा निमोनिया देखिएपछि कोराेनाकाे शंका गर्दै पीसीआर परीक्षण गराएका थिए । पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई भदौ ३ मा सशस्त्र प्रहरी अस्पताल रिफर गरिएको थियो । त्यहाँ अवस्था गम्भीर भएपछि ६ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

पारिवारिक स्राेत अनुसार अस्पतालबाट घर फर्केपछि अवस्था सामान्य हुँदै गएको र निरन्तर चिकित्सकसँगको सम्पर्कमै थिए । डिस्चार्ज भएपछि स्वास्थ्यमा कुनै समस्या नदेखिएका उनको भदौ १९ गते अचानक मृत्यु भएको हो । 


प्रतिकृया दिनुहोस