२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

उपत्यका मेयर फोरमकाे सुझावः नाकामा सेना परिचालन गरि निषेधाज्ञा खुकुलो पारौं

- विशेष खबर मङ्गलबार २३, भदौ २०७७ ०७:३१

उपत्यका मेयर फोरमकाे सुझावः नाकामा सेना परिचालन गरि निषेधाज्ञा खुकुलो पारौं
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका नगरपालिकाका मेयरहरूको फोरमले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न सेना परिचालन गरेर प्रशासनले लगाएको निशेधाज्ञा खुकुलो पार्दै जानुपर्ने निर्णय गरेको छ ।

मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाकाबाट प्रवेशमा कडाइ गर्नका लागि सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने निर्णय गरेको छ ।

बैठकका निर्णय सुनाउँदै उपत्यका मेयर फोरमका सचिव एवं भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदायस्तरमा संक्रमण फैलिएको स्थितिलाई मध्यनजर गरी उपत्यका प्रवेश गर्ने सीमा नाकामा कडाइ गर्नुपर्ने निर्णय भएको बताए ।

त्यस्तै, सरकारको विरोध र समर्थनमा र्‍याली निकाल्ने, भेला, अनशन, जुलुस लगायतका गतिविधि गर्न निषेध गर्नुपर्ने र जात्रा तथा सांस्कृतिक गतिविधिमा समेत रोक लगाउनुपर्ने निर्णय भएको श्रेष्ठले बताए ।

आर्थिक गतिविधिलाई चलायमान बनाउन व्यापारिक क्षेत्र र सपिङ मपलहरूमा कोभिड संक्रमण फैलिन नदिन अपनाउनुपर्ने मापदण्ड पालना भए नभएको अनुगमन गर्ने र पालना नगर्नेलाई कारबाही गर्नुपर्ने बताए ।

उद्योगभित्रै क्वारेन्टाइन निर्माण गरी मजदुर र कर्मचारी राख्ने व्यवस्था गरेपछि मात्रै उद्योग सञ्चालन गर्न दिनुपर्ने, सार्वजनिक यातायातलाई हालको लागि रोक लगाएर निजी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गर्नुपर्ने लगायतका निर्णयसमेत फोरमले गरेको छ ।

त्यस्तै, स्थानीय तहबाट प्रदान भएको सेवा प्रवाहलाई आवश्यकता अनुसार नियमित रूपमा सुरु गर्ने निर्णय पनि फोरमले गरेको छ ।


प्रतिकृया दिनुहोस