२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

- विशेष खबर मङ्गलबार २३, भदौ २०७७ ०६:०७

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

काठमाडाैं । कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा गरिएको उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।

महामन्त्री कोइरालाले फेसबुकमा भनेका छन्, 'आज गरिएकाे परीक्षणका क्रममा म मा काेराेना संक्रमण पुष्टि भएकाे छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन । चिकित्सकहरुकाे सल्लाह अनुसार हाल म हाेम आइसाेलेसनमा बसेकाे छु । मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुराेध गर्दछु ।' 

कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार उनलाई सोमबार साँझदेखि अचानक ज्वरो आएको थियो । साँझ ९९.८ डिग्री मात्रै रहेको ज्वरो राति १०२ पुगेको उनले बताए ।

 

 


#डा. शशांक कोइराला

प्रतिकृया दिनुहोस