२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

कोरोना निको हुनेकाे संख्या बढ्दै

- विशेष खबर मङ्गलबार २३, भदौ २०७७ ०५:५५

कोरोना निको हुनेकाे संख्या बढ्दै

काठमाडाैं । पछिल्ला केही दिनयता कोरोना संक्रमणकाे तुलनामा संक्रमणमुक्त भई घर फर्कनेको संख्या बढेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि संक्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको संख्या बढ्दै गएको हो ।

कोरोना निको हुनेको संख्या बढेसंगै ‘डिस्चार्ज’ दर पनि वृद्धि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभर ९०२ संक्रमित थपिँदा २ हजार २८७ जना कोरोना मुक्त भई घर फर्केका छन् ।

आजसम्म कुल संक्रमितमध्ये ६८.५ प्रतिशत डिस्चार्ज भएका छन् । 
    
सोमबार मुलुकभर ९७९ नयाँ संक्रमित थपिँदा एक हजार ७३६ जना डिस्चार्ज भएका थिए । यस्तै आइतबार पनि सक्रिय संक्रमितकाे तुलनामा झण्डै दोब्बर कोरोना जितेर घर फर्केका थिए ।

हालसम्म कुल ३२ हजार ९६४ जना निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितकाे संख्या १४ हजार ८६८ रहेको छ ।

जसमध्ये ६ हजार ८१५ होम आइसोलेसनमा रहेका छन् भने ८ हजार ५३ संस्थागत आइसोलेनसमा छन् । 


#काेराेना संक्रमणमुक्त

प्रतिकृया दिनुहोस