२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

मंगलबार थपिए ९०२ कोरोना संक्रमित, २२ सय ८७ जना डिस्चार्ज

- विशेष खबर मङ्गलबार २३, भदौ २०७७ ०४:३४

मंगलबार थपिए ९०२ कोरोना संक्रमित,  २२ सय ८७ जना डिस्चार्ज

काठमाडाैं । पछिल्लाे २४ घन्टामा मुलुकभर थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण उक्त संख्याका संक्रमित थपिएका जानकरी दिए ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा २२ सय ८७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। हालसम्म निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।


प्रतिकृया दिनुहोस