सोमबार १९, फागुन २०७६ ०२:४६
काठमाडाैं– उच्च शिक्षा प्राप्त गरेका ‘एचवान बी’ कामदारका लागि अमेरिका रोजगारदाताले भिसा खुलाएको छ। अमेरिकी रोजगारदाताले क्षमतावान् उच्च शिक्षा प्राप्त कामदारको लागि पहिलोपटक अनलाइनमार्फत रजिस्ट्रेसन दिन लागेको हो ।
नेपाली कामदार भिसामार्फत अमेरिका जानका लागि ‘एचवान बी’ले मार्च १ बाट नै आवेदन खुलाइएको छ । युएससीआईएसको सूचनाअनुसार मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखको दिन दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन् ।
युएससीआईएसले आर्थिक वर्ष २०२१ का लागि आवेदन खुलाइएको उल्लेख गरेको छ । यसका लागि आवेदन निर्धारित समयसम्मका विश्वको जुनसुकै स्थानबाट भर्न सकिनेछ ।
अनलाइन फारमको लागि १० डलर लाग्नेछ भने फारम भरेपछि आवेदकले युएससीआइएसले ‘कन्फर्मेसन कोड’ पठाउने छ ।
यसको लागि आवेदकहरूले यही मार्च ३१ मा नै छनोट भएको वा नभएको यकिन नतिजा हेर्न पाउनेछन् । यस्तै, नतिजा सार्वजनिक भएपश्चात् छनोट भएका आवेदकहरूले एचवानबी भिसा प्रक्रिया अगाडि बढाउने सक्नेछन् ।
साथै, तोकिएको सबै प्रक्रिया पूरा गरेको खण्डमा अमेरिकाले भिसा दिने उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस