२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

निषेधाज्ञाबारे निर्णय लिन उपत्यकाका सीडीओकाे बैठक बस्दै

- विशेष खबर मङ्गलबार २३, भदौ २०७७ ११:३६

निषेधाज्ञाबारे  निर्णय लिन उपत्यकाका सीडीओकाे बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडाैं । उपत्यकामा जारी निषेधाज्ञाबारे नयाँ निर्णय लिनका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको भर्चुअल बैठक आज बस्दैछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज बिस्तृत बैठक बसेर छलफल गरिने र त्यसको रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने बताए ।

दाहालका अनुसार उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायतका प्रतिनिधि र सरकारी चिकित्सक लगायतसँग पनि आजै छलफल गरिनेछ ।

यो छलफलपछि तीनै जिल्लाका सीडीओसहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को संयुक्त बैठक बस्नेछ । यसबाट आउने रायअनुसार गृहको समन्वयमा निर्णय लिइनेछ ।

यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को संयुक्त बैठकले उपत्यका कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते बुघबार(भाेलि) मध्यरातिसम्मका लागि निषेधाज्ञा बढाएको थियाे ।

 


#उपत्यकामा निषेधाज्ञा

प्रतिकृया दिनुहोस