२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

सेनाले बनायाे एकै दिनमा २२५ शय्याको आइसोलेसन

सोमबार २२, भदौ २०७७ ०८:५७

सेनाले बनायाे एकै दिनमा २२५ शय्याको आइसोलेसन

भक्तपुर ।  नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ श्ययाको आइसोलेशन वार्ड तयार पारेको छ ।

काेराेेनाको संक्रमण बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र तिनका आश्रित परिवारमा कोरोना संक्रमण उपचारका लागि राख्न आइसोलेशन वार्ड तयार पारेको हो ।

नेपाली सेनाको उपत्यका पृतनाअन्र्तगत वीरदल गणले एकै दिनमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीस्थित क्याम्पसको बिबीए ब्लकमा १५० र गणमा ७५ शय्या गरी कुल २२५ शय्याको आइसोलेशन वार्ड तयार पारेको हो ।

गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेलले माथिबाट निर्देशन प्राप्त हुने बित्तिकै गणको टिमले महाविद्यालयको भवनको २५ कोठामा प्रति कोठा ६ देखि १० सम्म बेड रहेको १५० श्ययाको आइसोलेशन वार्ड एकदिनमा तयार पारेको बताए । 

भोलीदेखि नै संक्रमित सैनिकलाई राखेर उपचार शुरु गर्ने भएको छ। भने सूर्यविनायकस्थित वीरदल गणमा तयार पारेको ७५ शय्या क्षमताको आइसोलेसन भने आजै संक्रमित सैनिकले भरिएको उनले जानकारी दिए ।

आइसोलेसनको व्यवस्थापन र सुरक्षाको जिम्मेवारी सेनाको उपत्यका पृतनाअन्तर्गतको वीरदल गणले गर्ने भएको छ । चिकित्सकीय सहितको स्वास्थ्यकर्मीको टोली, फोहोर व्यवस्थापन, खानपिनमा भने नेपाली सेनाको विरेन्द्र अस्पताल छाउनीले व्यवस्थापन गर्ने भएको छ ।

सैनिकका दुईवटै आइसोलेसनमा ५/५ जनाको चिकित्सक टोली परिचालन भएको छ । 
    


प्रतिकृया दिनुहोस