२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

मच्छिन्द्रनाथ झडपमा पक्राउ परेका ७ जना रिहा

- विशेष खबर सोमबार २२, भदौ २०७७ ०८:३३

मच्छिन्द्रनाथ  झडपमा पक्राउ परेका ७ जना रिहा
फाइल तस्बिर ।

ललितपुर । गत बिहीबार रातो मच्छिन्द्रनाथ रथयात्रा झडपमा प्रकाउ परेका  सात जना आज रिहा भएका छन् ।महानगरीय प्रहरी परिसर ललितपुरबाट तीन जना आइतबार रिहा भएका थिए ।  

यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथयात्रामा स्थानीयवासी र प्रहरीबीचको  झडपमा पक्राउ परेका २० मध्ये सात आज रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताए ।

तमाङले भने, 'हामीले रथयात्रामा झडप गर्ने सहभागीमध्येका कूल २० जनालाई समातेका थियौं । तिनमध्ये १७ जनालाई मुद्दा चलाइएको छ । ती १७ मध्ये आज छाडिएका छ जनामा कोरोना पोजेटिभ र एकमा मानसिक समस्या देखिएकाले आज उपचारको प्राथमिकतामा राखेर हाजिरजमानीमा छाडेका हाैं।' यसमा बाँकी अन्य १० भने हिरासतमै रहेको जनाइएको छ । 

रथयात्रामा पक्राउ परेका सबैलाई छाड्न अपिल गर्दै आज स्थानियले जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउसमेत गरेका थिए । प्रशासनले गत शनिबारदेखि आउँदो शुक्रबारसम्म यहाँका केही स्थानमा पाँचभन्दा बढी मानिस जम्मा हुन नपाउने विज्ञप्ति जारी गरेसंगै आज उक्त घेराउ गर्नेहरुलाई प्रहरीले हटाएको थियो । 


#रातो मच्छिन्द्रनाथ

प्रतिकृया दिनुहोस