२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

६३ सैनिकमा कोरोना संक्रमण पुष्टि

सोमबार २२, भदौ २०७७ ०६:४८

६३ सैनिकमा कोरोना संक्रमण पुष्टि

धनगढी । कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालीम केन्द्रका २४५ सैनिकको नमूना संकलन गरिएकाेमा ६३ मा कोरोनाको पुष्टि भएको जानकारी दिए

तालीम शिक्षालयलका १२९ को नतिजा नेगेटिभ आएको जनाइएको छ । आज सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको ४४५ नमूनाको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताएका छन् ।

काेराेेना संक्रमणबाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलालीमा कुल  सङ्क्रमित बढ्दै गएका छन् ।

आजसम्म कैलालीमा ६, बझाङ र बाजुरामा २/२ तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ ।


प्रतिकृया दिनुहोस