२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

तनहुँमा जिप दुर्घटना हुदा दुईको मृत्यु, ६ घाइते

सोमबार २२, भदौ २०७७ ०५:१९

तनहुँमा जिप दुर्घटना हुदा दुईको मृत्यु,  ६ घाइते

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा आज जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जीप चालक होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

उनका अनुसार जीपमा सवार अन्य छ जना घाइतेमध्ये चार जनाको पोखरामा र दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

 


प्रतिकृया दिनुहोस