२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा संक्रमण पुष्टि

- विशेष खबर सोमबार २२, भदौ २०७७ ०४:५७

काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा संक्रमण पुष्टि

 काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय २६ कोरोना संक्रमण पुष्टि भएकाे छ ।

काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जानकारी दिएको छ । 

यस्तै आइतबार उपत्यकामा ३ सय ५४ जना कोरोना संक्रमित फेला परेको जनाएको थियो ।

पछिल्लो २४ घण्टामा देशभर ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

 


प्रतिकृया दिनुहोस