२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

साेमबार थपिए ९ सय ७९ कोरोना संक्रमित

- विशेष खबर सोमबार २२, भदौ २०७७ ०४:४८

साेमबार थपिए ९ सय ७९ कोरोना संक्रमित

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३० हजार ६ सय ७७ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।

 


प्रतिकृया दिनुहोस