२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

जग्गा कित्ताकाट खुल्याे

सोमबार २२, भदौ २०७७ ०२:२८

जग्गा कित्ताकाट खुल्याे

काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन ।

२०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट अर्यालले फुकुवा गरेकी हुन ।

यसअघि २०७४ र २०७५ मा सरकारले जग्गाको खण्डीकरणका सम्बन्धमा रोक्ने आदेश जारी गरेको थियो।

भू-उपयोग नियमावली जारी भई भू-उपयोग नक्सा/ डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि लागू हुनेगरी हालका लागि खण्डीकरण गर्न अनुमति दिइएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए।

यो निर्णयसँगै देशभर रहेका जग्गाको खण्डीकरण गर्न पाइने र कित्ताकाट हुने छ। यद्यपी ऐन नियम तथा नियमावलीले निषेध गरेका जग्गा भने कित्ताकाट गर्न पाइने छैन।


प्रतिकृया दिनुहोस