२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

हाेटल आइसोलेसन बसेका कोरोना संक्रमितकाे मृत्यु

सोमबार २२, भदौ २०७७ ०९:५१

हाेटल  आइसोलेसन बसेका कोरोना संक्रमितकाे मृत्यु

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ युवककाे कोरोनाबाट मृत्यु भएको जनाइएको छ  ।

उपमहानगरपालिकामा कार्यरत उनलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो ।

यही भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो । भदौ १५ गते पिसीआर रिपोर्ट पोजिटिभ देखिएपछि उनी आफैँले पैसा तिर्ने गरी बनाइएको इन्द्रेणी होटलको आइसोलेसन सेन्टरमा बसेका थिए ।

उनको भदौ १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस