२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

वीरगन्जमा प्लाज्मा थेरापीबाट उपचाररत कोरोना संक्रमितको मृत्यु

सोमबार २२, भदौ २०७७ १२:१२

वीरगन्जमा प्लाज्मा थेरापीबाट उपचाररत कोरोना संक्रमितको मृत्यु

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित सर्लाहीकाे छकरघट्टाका ३५ वर्षीय पुरुषको मृत्यु भएको छ।

मृतक पुरुषको प्लाज्मा थेरापीबाट उपचाररत उनकाे आइतबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। 

उनलाई गत भदौं १४ गते अस्पताल भर्ना गरिएको थियो। सुरुवातदेखि नै अवस्था गम्भिर भएपछि उनको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको थियो। 

प्लाज्मा थेरापी विधिमा निको भएका संक्रमित व्यक्तिको रगतमा भएको प्लाज्मा गम्भिर अवस्थाका संक्रमितमा दिइन्छ।

मृतकको शब नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ। 


#काेराेना

प्रतिकृया दिनुहोस