२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना पुष्टि

आइतबार २१, भदौ २०७७ ०१:४१

गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना पुष्टि

पाेखरा । गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ  । कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आज  बिहान रिपोर्ट पोजेटिभ आएको हो । 

एक महिनाअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीमा कोरोना देखिएको थियो भने  उक्त गणबाट जिल्लाको सुरक्षाका लागि खटिएका प्रहरीको रिपोर्ट  पनि पोजेटिभ आएको थियो  । 

त्यही गणमा प्रहरीसँगै खाना खाएका गण्डकी प्रदेशकै एक प्रदेशसभा सदस्य पनि कोराना पुष्टि भएपछि  अहिले होम आइसोलेसनमा बसिरहेका छन् ।

 प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज  थप ६७ जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जाका २२, कास्कीका २०, नवलपुरका १३, तनहुँका सात, बागलुङका तीन र लमजुङका दुई जनामा पोजेटिभ देखिएको हो । 

यससहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५१४ पुगेको छ । तीमध्ये एक हजार ७६६ जना निको भएका छन् । गण्डकीमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

यसैबीच गोरखा नगरपालिका –७ की ७६ वर्षीया महिलाको सघन उपचार कक्षमा उपचारका क्रममा शनिबार मृत्यु भएपछि  आज कोरोना पुष्टि भएको छ । उनमा ब्रेनह्यामेरेज थियो । 


#काेराेना

प्रतिकृया दिनुहोस