२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

थप १ हजार ४१ जनामा काेराेना संक्रमण पुष्टि,संक्रमित संख्या ४५ हजार नाघ्याे

- विशेष खबर शनिबार २०, भदौ २०७७ ०४:३०

थप १ हजार ४१ जनामा काेराेना संक्रमण पुष्टि,संक्रमित संख्या ४५ हजार नाघ्याे

काठमाडाैं । पछिल्लाे २४ घन्टामा देशभर थप १ हजार ४१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण उक्त संख्याका संक्रमण पुष्टि भएकाे जानकारी दिए।

यीसहित हालसम्म संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ। 

यस्तै हालसम्म ७ लाख ५ हजार बढीको पिसिआर परीक्षण भएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट ९ जनाकाे मृत्यु भएको छ। यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ ।


#काेरा्रना संक्रमण

प्रतिकृया दिनुहोस