२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

शनिबार २०, भदौ २०७७ ०१:१८

भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

नयाँ दिल्ली ।  भारतमा पछिल्लाे २४ घन्टामा ८६ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् । भारतमा एकैदिन यति धेरै संक्रमित भेटिएकाे पहिलाे पटक हाे ।

भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या ४० लाखभन्दा बढी पुगेको अधिकारीहरुको बताएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४० लाख २३ हजार १७९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी भारतमा हालसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेहरुको संख्या ६९ हजार ५६१ पुगेको छ । ती मध्ये एक हजार ८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

भारतमा कोरोनाभाइरसबाट कुल संक्रमित भएकाहरु मध्ये ३१ लाख सात हजार २२३ जना अहिलेसम्म संक्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी अरु आठ लाख ८६ हजार ३९५ जना भने अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म देशभरी चार करोड ७७ लाख जनाको कोरोना परीक्षण गरिएको छ ।

 


#भारतमा काेराेना संक्रमण

प्रतिकृया दिनुहोस