२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

ड्युटीमा बेहोस भएका प्रहरी जवानको मृत्यु

शनिबार २०, भदौ २०७७ ११:५९

ड्युटीमा बेहोस भएका प्रहरी जवानको मृत्यु

धनगढी । कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका एक प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ ।

डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्रकुमार ऐरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत उनी शुक्रबार राति १२ बजेपछि ड्युटीमा खटिएका थिए । ‘५ नम्बर पोस्टमा ड्युटीमा खटिएका ऐर एक्कासी ढलेर बेहोस भए,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भयो ।’

ऐरलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको थियो । उपचारकै क्रममा शनिबार बिहान ५ः५० मा उनको मृत्यु भएको थापाले जानकारी दिए ।


प्रतिकृया दिनुहोस