२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

कर्मचारीलाई कोरोना देखिएपछि एक साताका लागि नगरपालिका कार्यालय बन्द

शनिबार २०, भदौ २०७७ ११:४६

कर्मचारीलाई कोरोना देखिएपछि एक साताका लागि नगरपालिका कार्यालय बन्द

काठमाडाैं । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय एक साताका लागि बन्द गरिएकाे  छ ।

नगरपालिकाका कर्मचारीलाई संक्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीमा संक्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिए ।

कार्यालय बन्द रहेपनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कामहरु निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताए । टोखामा शुक्रबारसम्म २५७ कोरोना संक्रमित देखिएका छन् । जसमध्ये ९४ जना डिस्चार्ज र १६० जना सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितमध्ये १०९ जना होम आइसोलेसन र ४८ जना विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए ।

नगरपालिकाले कोरोना संक्रमणको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्यकेन्द्रलाई आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

यस्तै होम आइसोलेसनमा बसेर कोरोना उपचार गराईरहेका विरामीलाई दैनिक ३५० भत्तासमेत प्रदान गरिएको नगरपालिका जनाएकाे छ ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस