२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

ढाेरपाटन बाढी : भेटिएका १४ शब मध्ये १३ को सनाखत

शुक्रबार १९, भदौ २०७७ ०९:३३

ढाेरपाटन बाढी : भेटिएका १४ शब मध्ये १३ को सनाखत
फाइल तस्बिर ।

बलेवा । भदौ १७ गते रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ । 

पहिचान भएका वडा नं ९ घर भएकी २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीया रिमकुमारी घर्ति मगर, वडा नं ९ कै २६ वर्षीया केशमाया बिक, ११ वर्षीय मदन बिक, २२ वर्षीय जीवन बिक र ११ वर्षीय डल्ले बिकको शव आवश्यक कानुनी प्रक्रिया पु¥याएर आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । 

त्यसैगरी छ वर्षीय बिराज बिक, ६५ वर्षीया ज्योती पुन, २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीय प्रेम पुन, १३ वर्षीया पुनि बिक, ६५ वर्षीय डोटी पुन र ४६ वर्षीय करबहादुर बिकको शब पहिचान गरेर अाफनतकाे जिम्मा लगाइएको भण्डारीले बताए । घटनामा बेपत्ता भएका २४ जनाको खोजी कार्य जारी रहेको छ ।  नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले नदी किनारमा खोजतलास गरिरहेका प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । 

पहिरोले फलेघर र सुपुर्दुङका दजर्न बढी घर बगाएको छ भने वडा नं ८ सम्म आइपुग्दा ४० घर बगेका छन् । अधिकांस घरको भग्नावशेषसमेत देखिएको छैन । बस्ती भएको स्थानमा अहिले खोला बगेको छ ।

ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी चल्दा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् । 


प्रतिकृया दिनुहोस