२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

ढुगां लागेर दार्चुलामा एककाे मृत्यु

- विशेष खबर शुक्रबार १९, भदौ २०७७ ०९:२०

ढुगां लागेर दार्चुलामा एककाे मृत्यु

दार्चुला । महाकाली लोकमार्गअन्तरर्गत तिंकर सडकको घाँटीबगर क्षेत्रमा घोरेटो बाटो निर्माणमा संग्लन एक मजदूरको ढुगां लागेर मृत्यु भएको छ ।

नेपाली सेनाले गत जेठ ९ गतेदेखि निर्माण गरिरहेको घाँटीबगर क्षेत्रमा काम गर्दै आएका व्यास गाउँपालिका–५ धौलाकोटका ३७ वर्षीय दिवानसिह धामीको मृत्युभएको हो ।

आज साँझ ५ बजेतिर घाँटीबगर क्षेत्रमा बाटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर धामी गम्भीर घाइते भएका थिए ।

घाइते धामीलाई साढे ७ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पुर्याइए पनि उनको बाटोमै मृत्यु भइसकेको जिल्ला अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए ।

अध्यारो भइसकेका कारण घाइते धामीलाई बाहिर जिल्ला उपचारका लागि लिन नसकिएको दुर्गादल गुल्मका गुल्मपति विक्रमदेव थापाले बताए । 

नेपाली सेनाले यो क्षेत्रमा साढे पाँच सय मिटरमध्ये झण्डै ८० मिटर मात्रै बाटोको ट्ययाक खोल्न बाँकी छ । 

कडा चट्टानी भूगोल रहेको यो क्षेत्रमा सेनाले बाटो खोल्ने जिम्मेवारी पाएको थियो । 


प्रतिकृया दिनुहोस