२०८२ असार २१ गते शनिबार | 5 July, 2025

पत्रकारको ज्याकेट लगाएर प्रहरीमाथि ढुंगा हान्ने व्यक्ति पक्राउ

शुक्रबार १९, भदौ २०७७ ०७:००

पत्रकारको ज्याकेट लगाएर प्रहरीमाथि ढुंगा हान्ने व्यक्ति पक्राउ
तस्बिरः समाजिक सञ्जालबाट ।

काठमाडाैं । बिहीबार पुल्चोकमा पत्रकारको ज्याकेट लगाएर प्रहरीमाथि ढुंगा हान्ने व्यक्ति पक्राउ परेका छन्।

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो। त्यसैबीच प्रेसको ज्याकेट तथा क्यामेरा बोकेर प्रहरीमाथि ढुंगा हान्ने महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जनलाइ पक्राउ गरेकाे अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको महाशाखाका प्रमुख थापाले जानकारी दिए ।

उनले प्रहरीमाथि ढुङ्गा हानेको भिडिओ भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

प्रहरीले बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई ढुंगा मुढा गर्ने १३ जनालाई पक्राउ गरिसकेको छ ।


प्रतिकृया दिनुहोस