२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नेपालमा एकैदिन १३ सय ५९ जनामा काेराेना संक्रमण पुष्टि,थप १४ जनाको मृत्यु

शुक्रबार १९, भदौ २०७७ ०४:३२

नेपालमा एकैदिन १३ सय ५९ जनामा काेराेना संक्रमण पुष्टि,थप १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ५९ जनामा संक्रमण पुष्टि भएकाे छ ।

यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो । यसअघि बिहीबार एकैदिन १२२८ जना कोरोना संक्रमित थपिएका थिए।

याे संगै नेपालमा कुल संक्रमितकाे संख्या ४४ हजार २३६ पुगेको हो । 

यस्तै २४ घन्टामा डिस्चार्ज १३ सय ५४ भएको निको भएका छन् । यो सँगै निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । यो ५८ प्रतिशत हो ।

पछिल्लाे २४ घन्टामा १३ हजार ६ सय ८० पीसीआर परीक्षण रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ।


प्रतिकृया दिनुहोस