२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

काेराेना संक्रमणबाट विश्वभरी आठ लाख ७३ हजार भन्दा बढीको मृत्यु

शुक्रबार १९, भदौ २०७७ ०२:२१

काेराेना संक्रमणबाट विश्वभरी आठ लाख ७३ हजार भन्दा बढीको मृत्यु

एजेन्सी । विश्वभरी कोरोना भाइरस संक्रमणबाट आठ लाख ७३ हजार २८५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । 

डब्लुएचओका अनुसार विश्वमा दुई करोड ६४ लाख ७५ हजार ५६८ जना कोरोना भाइरस संक्रमित भएका छन् । 

विश्वभरमा कोरोना भाइरस संक्रमित मध्ये एक करोड ८६ लाख ६५ हजार ७३७ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ६९ लाख ३६ हजार ५४६ व्यक्ति कोरोना भाइरसका सक्रिय संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको पनि डब्लुएचओ जनाएकाे छ । संक्रमितहरु मध्ये ६० हजार ७८५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।    

अमेरिकामा ६३ लाख ३५ हजार २४४ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ३५ लाख ७५ हजार  ९६ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९१ हजार ५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

त्यस्तै ब्राजिलमा ४० लाख ४६ हजार १५० जना कोरोना भाइरस संक्रमित रहेका छन् । ब्राजिलमा३२ लाख ४७ हजार ६१० कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २४ हजार ७२९ जनाको मृत्यु भएको छ ।  

त्यस्तै भारतमा ३९ लाख ३६ हजार ७४७ जना कोरोना भाइरस संक्रमित रहेका छन् । भारतमा  ३० लाख ३७ हजार १५१ कोरोना भाइरस मुक्त भएका छन् भने ६८ हजार ५६९ जनाको मृत्यु भएको छ । 
 


#कोरोना भाइरस संक्रमण

प्रतिकृया दिनुहोस