२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

रुपन्देहीमा होम आइसोलेसनमा बसेका काेराेना संक्रमित पुरूषकाे मृत्यु

- विशेष खबर शुक्रबार १९, भदौ २०७७ ०१:०३

रुपन्देहीमा होम आइसोलेसनमा बसेका काेराेना संक्रमित पुरूषकाे मृत्यु

बुटवल । रुपन्देहीमा होम आइसोलेसनमा रहेका एक जना कोरोना संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–८ निवासी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मिर्गौलाले काम नगरेपछि चितवनमा डायलसीस गरेर फर्केका उनको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहले बताए ।

मिर्गौलाका बिरामी उनको लामो समयदेखि डाइलासिस गराउँदै आएका थिए ।

शुक्रबार डाइलासिस गर्न अस्पताल जाने तयारी गरिरहँदा घरमै मृत्यु भएको जानकारी आएको शाहले बताए ।

 


प्रतिकृया दिनुहोस