२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

मकवानपुरमा करेन्ट लागेर युवककाे मृत्यु

- विशेष खबर शुक्रबार १९, भदौ २०७७ १२:१८

मकवानपुरमा करेन्ट लागेर युवककाे मृत्यु

हेटाैडा । घरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर, मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको  छ  ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि– ६ स्थित आफ्नो घरमा करेन्ट लागेर  ओमकुमार मोक्तानको घटनास्थलमा नै मृत्यु भएको हो ।     

घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी टोली त्यहाँ पुगेको र  शव परीक्षण गर्न हेटौँडा अस्पताल पठाएको जनाइएको छ  ।


प्रतिकृया दिनुहोस