२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

दाउरा छोप्न गएका तीनजना कर्णालीमा बेपत्ता

- विशेष खबर बिहिबार १८, भदौ २०७७ ०६:४९

दाउरा छोप्न गएका तीनजना कर्णालीमा बेपत्ता

बर्दिया । बर्दियाको गेरूवा गाउँपालिका ४ का कर्णाली नदीमा एक महिला र दुई पुरूष बेपत्ता भएका छन् । 

कर्णाली नदीको रजबन्धुवा घाटमा बिहान करीब ११ बजेतिर नदीमा दाउरा छाेप्न गएका गेरूवा –४ जोधिपुरका ४० वर्षीय बलबहादुर रोकाय, १४ वर्षीय भरत कडायत र १४ वर्षीया पवी रोकाय बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

स्थानीयबासी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले बेपत्ताको खोजी गरिरहेका छन् । 


#बगेर बेपत्ता

प्रतिकृया दिनुहोस