२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

मछिन्द्रनाथको रथ तानेपछि प्रहरी र स्थानीय युवाहरुबीच झडप

- विशेष खबर बिहिबार १८, भदौ २०७७ ०२:०६

मछिन्द्रनाथको रथ तानेपछि  प्रहरी र स्थानीय युवाहरुबीच झडप

काठमाडौं । युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ ।

प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे ।

आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन्। केही प्रहरी घाइते भएका छन्। निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच सडक यति बेला तनावपूर्ण छ।

रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले तितरबितर पारेका छन्। सडकको बीचमा ठूलो संख्यामा प्रहरी उपस्थित छ। प्रहरीले सडकबाट भीड पन्छाएर रथलाई घेरेर बसेका छन्।

लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएको हो। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन कारण अधीर भएका स्थानीय सयौंको संख्यामा पुल्चोकमा जम्मा भएका थिए। 

मत्स्येन्द्रनाथलाई सूर्य दक्षिणायन (साउनदेखि) हुँदा बुङ्मती र उत्तरायण (माघदेखि) हुँदा पाटन मत्स्येन्द्रबहालस्थित मन्दिरमा राख्नुपर्ने परम्परा छ । यो भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव मल्ल र कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजुको पालादेखि चल्दै आएको परम्परा हो ।


प्रतिकृया दिनुहोस