२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

ढाेरपाटन बाढीमा मृत्यु हुनेकाे संख्या ८ पुग्याे

बिहिबार १८, भदौ २०७७ ०९:५८

ढाेरपाटन बाढीमा  मृत्यु हुनेकाे संख्या ८ पुग्याे

बलेवा । बागलुङको ढोरपाटन नगरपालिका ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।

सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएर क्षति बनाएको छ । घटनास्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन । 

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको सङ्ख्या बढ्न सक्ने बताए । 'बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको सङ्ख्या बढ्न सक्ने अनुमान छ,' रेग्मीले भने ।

अरिवरल वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।


प्रतिकृया दिनुहोस