२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

विश्वभरी एक करोड ८२ लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमण मुक्त

बुधबार १७, भदौ २०७७ ०८:४४

विश्वभरी एक करोड ८२ लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमण मुक्त

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार साँझ दिएको जानकारीअनुसार विश्वभरमा कोरोना भाइरस संक्रमित एक करोड ८२ लाख १७ हजार ९४ व्यक्ति कोरोना मुक्त भएका  छन् ।

विश्वमा २ करोड ५९ लाख ३५ हजार ५११ जना कोरोना भाइरस संक्रमित भएका डब्लुएचओले जनाएको छ ।

डब्लुएचओका अनुसार बुधबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट आठ लाख ६१ हजार ९०० जनाको मृत्यु भएको छ । 

हाल विश्वभरमा ६८ लाख ५६ हजार ५१७ व्यक्ति कोरोना संक्रमित रहेका उनीहरुको उपचार भइरहेको डब्लुएचओले जानकारी दिएको छ । संक्रमितहरु मध्ये ६१ हजार ५३३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

संक्रमण कारण सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा ६२ लाख ५८ हजार २८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । अमेरिकामा ३४ लाख ५७ हजार ४३१  जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ८८ हजार ९०७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ३९ लाख ५२ हजार ७९० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । ब्राजिलमा ३१ लाख ५९ हजार ९६ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २२ हजार ६८१ जनाको मृत्यु भएको छ ।  

भारतमा ३७ लाख ७३ हजार ४८३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । भारतमा २९ लाख २ हजार ९६ कोरोना भाइरस मुक्त भएका छन् भने ६६ हजार ४९१ जनाको मृत्यु भएको छ । 


 


प्रतिकृया दिनुहोस