२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

- विशेष खबर बुधबार १७, भदौ २०७७ ०५:५५

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा गरी १२ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

मृत्यु हुनेहरुमा  चितवनक  १८ र ५५ वर्षीया  महिला, काठमाडौंकि ८९ वर्षीया महिला, ललितपुरकि ७० वर्षीया महिला तनहुँकि २० वर्षीया महिला, कपिलवस्तुकि ६० वर्षीया महिला, बाराका ९७ वर्षीय पुरुष, चितवनका६५ वर्षीय पुरुष, भक्तपुरका ४० वर्षीय पुरुष, काठमाडौंका ७० र ७५ वर्षीय पुरुष र धादिङका ४७ वर्षीय पुरुष छन् ।

यस्तै देशभर पछिल्लाे २४ घन्टामा थप ११ सय २० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस