२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

५ सय बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्न सकिने

- विशेष खबर बुधबार १७, भदौ २०७७ ०५:३१

५ सय बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्न सकिने

काठमाडौं । स्वास्थ्य तथा जननसंख्या मन्त्रालयले  बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा निषेषधा जारी राख्न सिफारिस गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लाले निषेधाज्ञा जारी गर्न सक्ने जानकारी गराएका छन्।

त्यस्तै, २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरूले लकडाउन गर्न सक्ने भनिएको छ।

अहिले १२ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। जसमा काठमाडौं, ललितपुर, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, र रुपन्देही छन्।

त्यस्तै २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरू ६ वटा छन्। जसमा सिराहा, भक्तपुर, मकवानपुर, कपिल्वस्तु, दाङ र कैलाली छन्।

सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा छन्। काठमाडौंमा झन्डै ५ हजार जना सक्रिय संक्रमित छन्।

 


#स्वास्थ्य तथा जननसंख्या मन्त्रालय

प्रतिकृया दिनुहोस