२०८१ मङि्सर १० गते सोमबार | 25 November, 2024

उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ सम्म थपियाे

- विशेष खबर बुधबार १७, भदौ २०७७ ०५:२५

उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ सम्म थपियाे

काठमाडाैं । उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

उपत्यका कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्यराति सम्मका लागि निषेधाज्ञा बढाएको हो ।

जोखिमलाई विश्लेषण गर्दा अझै केही समय निषेधाज्ञा थप्नु पर्ने देखिएकोले सोही अनुसार एक सातासम्म यसअघिकै निर्णयलाई निरन्तरता दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

निर्णय केही बेरमा औपचारिरुपमा सार्वजनिक गरिने प्रजिअ दाहालले बताए । यससगै तीन जिल्लाले आ–आफ्नो जिल्ला प्रशासन मार्फत निर्णय सार्वजनिक गर्ने छन् ।

भदौ तीन गते मध्यरातिदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएको थियो ।

पहिलो पटक भदौ १० गतेसम्म कायम गरिएको निषेधाज्ञा अवधिलाई भदौ ९ गते बसेको तीन जिल्लाकै सुरक्षा समिति बैठक १७ गते रातिसम्मलाई थपेको थियो । थपिएको निषेधाज्ञा बुधबार (अाज) रातिबाट सकिँदैछ ।

 


प्रतिकृया दिनुहोस