२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

कोरोनाबाट भैरहवामा एक महिलाको मृत्यु

बुधबार १७, भदौ २०७७ ०८:२८

कोरोनाबाट भैरहवामा एक महिलाको मृत्यु

बुटवल । रुपन्देहीको भैरहवामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।

भैरहवास्थित भीम अस्पतालमा उपचाररत पश्चिम  नवलपरासीको रामग्राम नगरपालिका ५ की एक ६५ वर्षीय महिलाको मंगलबार राती पौने १० बजे मृत्यु भएको हो।

भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि १५ गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याईएकोमा त्यहाँ आईसियू बेड खाली नभएपछि उनलाई भीम अस्पताल पठाइएको थियो।

मृतक महिलालाई उच्च रक्तचाप, मधुमेहलगायतको समस्यासमेत रहेकाे जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बताए ।  

आईसीयूमै उपचारका क्रममा मंगलबार राती मृत्यु भएको शाहले जानकारी दिए।


#काेराेना

प्रतिकृया दिनुहोस