२०८२ असार १७ गते मङ्गलबार | 1 July, 2025

मंगलबार थपिए १ हजार ६९ संक्रमित, संक्रमितको संख्या ४० हजार नाघ्याे

- विशेष खबर मङ्गलबार १६, भदौ २०७७ ०४:३८

मंगलबार थपिए १ हजार ६९ संक्रमित, संक्रमितको संख्या ४० हजार नाघ्याे

काठमाडाैं । पछिल्लाे २४ घन्टामा देशभर थप १ हजार ६९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमण पुष्टि भएकाे  जानकारी दिए।

यीसहित हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ सय ६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ छ। हालसम्म ७ लाख ५ हजार बढीको पिसिआर परीक्षण भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ।


#केराेना संक्रमण

प्रतिकृया दिनुहोस