- विशेष खबर मङ्गलबार १६, भदौ २०७७ १२:३३
काठमाडाैं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू भर्चुअल बैठक बस्दैछ।
काठमाडौंका प्रजिअ जनकराज दाहाल, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले भर्चुअल मिटिङमा जारी निषेधाज्ञाको समय बढाउने-नबढाउने विषयमा साझा धारणा बनाउन बैठकमा छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।
भदौ तीन गते मध्यरातिदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएको थियो ।
पहिलो पटक भदौ १० गतेसम्म कायम गरिएको निषेधाज्ञा अवधिलाई भदौ ९ गते बसेको तीन जिल्लाकै सुरक्षा समिति बैठक १७ गते रातिसम्मलाई थपेको थियो । थपिएको निषेधाज्ञा बुधबार रातिबाट सकिँदैछ ।
प्रतिकृया दिनुहोस