२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

हराएको चार महिनापछि नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्डको शव फेला

मङ्गलबार १६, भदौ २०७७ १०:३३

हराएको चार महिनापछि नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्डको शव फेला

एजेन्सी । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ मा बिहान मर्निङवाक निस्केका मोरिस बेपत्ता भएपछि प्रहरीले तिब्र खोजी गरिरहेको थियो । 

ह्याम्पसायर प्रहरीले उनि नियमित मर्निङवाक जाने एलिस हल्ट जङ्गलमा उनको शव फेला पारेको बताएको छ । मृतक मोरिसको पहिचान औपचारिकरूपमा भइनसकेको भए पनि प्रहरीले उनको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बताएका छन् ।  

यसअघि इष्ट हेमसायर प्रहरी कार्यलयले तीनपटकसम्म सर्वसाधारणका लागि खोजीकार्यमा सहयोग गर्न अपिल जारी गरेको थियो । अन्तिमपटक जारी अपिलसंगै रिचार्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरेको छ । जुन तस्वीर नेपालमा खिचिएको थियो । 

रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए । 


प्रतिकृया दिनुहोस