२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

पुजारी हत्या प्रकरण : आरोपित दुईजना पक्राउ

- विशेष खबर सोमबार १५, भदौ २०७७ ०८:१८

पुजारी हत्या प्रकरण : आरोपित दुईजना पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । रौतहटको माधवनारायणस्थित नगरपालिका–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् ।

हत्या आरोपमा यसअघि शंका गरिएका ४ जनामध्येका दुई रामनरेश पटेल र बालकुमार पटेललाई प्रहरीले सोमबार पक्राउ गरेको हो । भदौ ३ गते राति पौने ९ बजे भएको हत्यापछि दुवैजना फरार थिए ।

प्रहरीले यसबारे औपचारिक जानकारी गराएको छैन । घटनामा संलग्‍न भएको आशंकामा अनुसन्धानको घेरामा रहेका देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह र वडा सदस्य राजेन्द्र पटेल पनि हाल फरार छन् ।

उनीहरु जनता समाजवादी पार्टीका तर्फबाट जनप्रतिनिधि हुन् । 

गत ३ भदौमा राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।

प्रकरणको एक साता वितिसक्दा पनि अनुसन्धानमा प्रहरीले सफलता हात पार्न नसकेको भन्दै नागरिकले विरोध जनाइरहेका थिए ।


#हत्या

प्रतिकृया दिनुहोस